एक मिलियन डलर सहित ५ पक्राउ

एक मिलिएन यूरो सहित ५ जना पक्राउ । सैनामैना नगरपालिकाबाट एक मिलिएन यूरो डलरका साथै अन्य कागजत सहित प्रदेश नं. ५ प्रहरी अनुसन्धान ब्यूरोले ५ जनालाई शनिबार पक्राउ गरेको हो । पक्राउ परेका ब्यक्तिहरुका साथबाट एक मिलिएन यूरो डलर एक थान, एक मिलिएन लेखेको त्रिभुजकार धातु, ६ थानमोबाईका साथै अन्य कागजतहरु प्रहरीले फेला पारेको हो । बिषेश सुचनाका आधारमा प्रहरी उनिहरुसम्म पुगेको थियो । पक्राउ पर्नेमा सैनामैना नगरपालिका वडा नं २ बस्ने मिना सुनार, रमेश सुनार, गुल्मी जिल्ला धुर्कोट गाउपालिका बस्ने राजु सुनार , नवलपरासी बर्दघाट नगरपालिकावडा नं. ४ बस्ने कमल सुनार र स्यांजा जिल्ला गल्याङ नगरपालिका २ बस्ने गणेश सुनार रहेको प्रहरी निरीक्षक प्रमोद क्षेत्रीले बताउनु भयो । पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि नियन्त्रणमा राखीएको छ ।