नेपालगन्जमै खुल्यो कफी बनाउन सिकाउने स्कुल

पश्चिम नेपालमा पहिलो पटक कफी बनाउने जनशक्ती उत्पादनकालागि स्कुल संचालनमा आएको छ । आईतबारदेखी नेपालगन्जमा ट्वीस्ट हस्पिटालिटीले ‘ट्वीस्ट स्कुल अफ वरिष्टा’ शुरु गरेको हो ।

पछिल्लोे समय बढ्दै गएका कफीका पारखीहरुलाई मध्यनजर गर्दै कफी बनाउने जनशक्ति उत्पादनकालागि स्कुल संचालन गरीएको ट्वीस्ट स्कुल अफ वरिष्टाका सन्चालिका तुलसा थापाले जानकारी दिए ।

बाँकेमै पहिलो पटक संचालनमा आएको स्कुलमा आउन चाहने विद्यार्थीले मासिक १५ हजार शुल्क तिरेर एक महिने कोर्ष गर्न सक्ने थापाले बताईन । सिप सिकेर बेरोजगार बस्न नपर्ने तर्क गर्दै थापाले भनिन, ‘आफै क्याफे खोलेर पनि स्वरोजगार बन्न सकिन्छ ।’

कफी पिउनेहरुको सँख्या बढ्दै जाँदा राम्रो कफी पाउने ठाँउको अभाव देखिएकाले स्कुल संचालनको अवधारण ल्याएको श्रेष्ठले बताए । जाडो मौसममा कफीको खपत बढि हुने र थोरै लगानीमा पनि क्याफे संचालन गर्न सकिने भएकाले स्कुलप्रतिको आकर्षण बढ्नेमा आफु विश्वस्त भएको श्रेष्ठ बताउँछन ।

सिपमुलक तालिम भएकोले जुनसुकै उमेरसमूह र शैक्षिक योग्यता भएकोले उक्त तालिम लिन सक्नेछन् । एक सेसनमा ५ जना गरेर ३ सेसनमा १५ जना प्रशिक्षार्थी मात्र भर्ना लिईने संचालक श्रेष्ठले जानकारी दिए ।