मलेशिया गएको एक महिनामै केसीको मृत्यु

रोजगारीका लागि मलेशिया गएका एक व्यक्तिको मृत्यु भएको छ । दाङको शान्तिनगर गाउँपालिका-२ बाघमारे निवासी ४२ वर्षीय मोहन केसी (कान्छो) को असोज २९ गते नेपाली समय अनुसार बेलुका ४ः३० बजेतिर मृत्यु भएको हो ।

दशैँको टीकाका दिन एक्कासि बेहोस भएपछि उपचारका लागि मलेशियाकै सालम अस्पतालमा लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको आफन्तले जनाएका छन । केसी डिएचएल सप्लाई चैन कम्पनीमा ‘सेक्युरिटी गार्ड’ मा काम गर्न एक महीनाअघि मात्रै मलेशिया गएका थिए । केसीको शव सोमबार नेपाल ल्याउने तयारी भएको परिवार स्रोतले जनाएको छ ।