जमुनाह नाका सोमबार बेलुकादेखी खुल्ने

शनिबारदेखी बन्द गरीएको नेपाल भारत सिमा (जमुनाह नाका) सोमबारदेखी खुल्ने भएको छ । भारतमा हुने विधान सभाको उप निर्वाचन अन्तर्गत उत्तरप्रदेश राज्यको बहराइचमा हुने मतदानका कारण नेपाल-भारत सीमाको रुपैडिया नाका शनिबारदेखि बन्द गरिएको छ ।

बहराईचमा सोमबार मतदान हुने छ । शनिबार साँझ ६ बजेदेखि बन्द भएको सीमा नाका मतदान सम्पन्न भएपछि सोमबार बेलुका ६ बजेपछि सुचारु हुने जिल्ला प्रशासन कार्यालय बाँकेले जानकारी दिएको छ ।