नेकपाका युवा नेताहरुले भने, ‘जनअपेक्षा पुरा गर्न प्रतिवद्ध छौं’

नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेताहरुले पार्टी एकताले पुर्णता पाएको भन्दै तिन तहका सरकारसँग सहकार्य गर्दै बिकासका कामलाई गति दिने बताएका छन । उनिहरुले नेकपा बाहेक अन्य कुनै शक्तिले जन अपेक्षा पुरा गर्न नसक्ने दाबी गरे ।

कोहलपुर नगरपालिका वडा नं. ५ र ६ का वडा अध्यक्ष सचिव लगायत वडा कमिटि सदस्यहरुको सपथ ग्रहण कार्यक्रममा बोल्दै युवा नेताहरुले यस्तो बताएका हुन ।

नेकपा प्रदेश कमिटि सदस्य नरेन्द्र पाण्डेले नेकपा ६५ प्रतिसत भन्दा बढि जनमत सहितको सरकारको नेतृत्व गरेको पार्टी भएकाले बिकास नेकपाको नेतृत्वमा मात्रै सम्भव रहेको बताए ।

उनले नेपाली काँग्रेसले दशकौ सरकारको नेतृत्व गरेपनि बिकासका लागि सिन्को समेत नभाँचेको बताउदै नेकपाले संबिधान निर्माण पछि २ बर्ष सकारको नेतृत्व गर्दा थुप्रै परिवर्तनका कामको शुरुवात गरेको बताए । उनले बहुसंख्यक श्रमिक र मजदुर रहेको देशमा कामदारको न्युनमत पारिश्रमिक बृद्धि, कृषि क्षेत्रको बिकासका लागि दर्जनौ आयोजना, लोड सेडिङ अन्त्य गरि बिद्युत निर्यातको सुरुवात, बार्षिक हजारौ किलो मिटर सडक कालोपत्रे गरिएको बताउदै केहि वर्षमा देशले मुहार फेर्ने दाबी गरे ।

कार्यक्रममा बोल्दै युवा नेता नरेन्द्र न्यौपानेले समृद्ध नेपालको अठोट गरेर नेपाल कम्युनिष्ट पार्टी नेकपा निर्माण भएको बताउदै बिकास र समृद्धिको नारालाई सार्थक तुल्याउन लागिपरेको बताए । अबका केही वर्षमा युवाहरु बिदेशीनु पर्ने र खाद्यान्न आयात गर्ने अवस्थाको अन्त्य हुने उनको भनाई थियो । नेकपाको नेतृत्व पछि देशको आर्थिक बृद्धि दर ७ प्रतिसत नाघेको बताउदै आयात घटदै गएको उनको भनाई थियो । कोहलपुर पश्चिम नेपालको नमुना सहर बनाउने गरि नेकपाले योजना निर्माण गरि रहेको बताउदै न्यौपानले प्रदेश सरकार र संघिय सरकार सँग सहकार्य गरेर यसलाई पुर्णता दिईने बताए ।

कार्यक्रममा बोल्दै नेता पुजन बिश्वकर्माले सम्भावनाको सहर कोहलपुरलाई यहाँको भु-राजनैतिक बनोट अनुसार नै यसको बिकासको मुल प्रवाहमा जोडिने बताए । उनले कोहलपुरमा अत्याधुनिक लामो तथा छोटो दुरीका वसपार्क, आधुनिक बधसाला, भ्यु टावर सहितको घण्टाघर, थारु संग्रहालय, बोटानिकल पार्क निमार्णका कामहरु अगाडि बढेको बताए । उनले कोहलपुरको पुरानो थारु गाउँ रझेनालाई थारुहरुको मौलिकतामा बिकास गर्न प्रदेश सरकार र संघमा प्रस्तावना पेश भई सकेको जानकारी दिए ।

कोहलपुरका सम्पुर्ण वडाहरुलाई जोडने रिङ रोड, कृषि र पशुपालनमा आत्मनिर्भर बनाउन बिभिन्न सहयोगका कार्यक्रमहरु पनि नगर सरकार, प्रदेश सरकार र संघिय सरकारले सञ्चालनमा ल्याएको उनको भनाई थियो ।

संघिय सांसद महेश्वर गहतराज अथक , प्रदेश संसद एंव कृषि मन्त्री आरती पौडेल, कोहलपुर नगर प्रमुख लुट बहादुर रावत र नेपाल कम्युनिष्ट पार्टी नेकपा कोहलपुरले बिकासका एकिकृत योजना निर्माण गरेको उनको भनाई थियो ।

कार्यक्रममा नेकपा कोहलपुर नगरपालिका वडा नं ६ का अध्यक्ष लक्ष्मण पाण्डे र ५ का अध्यक्ष तिलक सिह कार्कीले लगायत वडा सचिव र सदस्यहरुले नेकपाको बिधान अनुसार सपथ खाएका थिए । उनले दुवै वडामा नेकपा लाई १ नं पार्टी बनाउने उद्धघोष सहितको प्रतिवद्धता जनाए ।

कार्यक्रममा नेकपा बाँके जिल्ला कार्यालयका बैकल्पीक सदस्य अब्दुल हुसेन खाँ, अवराज खडका, रेणुका खड्का, जिल्ला सदस्यहरु खिल प्रसाद भुषाल, तेज प्रसाद चापागाई, कुल बहादुर भट्टराई , अबिरल खड्का, सुरेन्द्र थापा लगायतको सहभागिता रहेको थियो । नेकपाको दुवै वडामा २९-२९ सदस्यीय वडा कमिटि गठन गरेको नगर सचिव तुलराज बिष्ट बिहानिले जानकारी दिए ।