रगतको कमी पूर्ति गर्न बृहत रक्तदान

भेरी सहकारी वित्तीय संस्थाले नेपालगन्जमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स क्लब अफ नेपालगंज क्रियटिभ एवं स्थानिय सम्पूर्ण लायन्स तथा लियो क्लवहरुसँगको सहकार्यमा सहकारीले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा विभिन्न क्षेत्रका ४५ जनाले रक्तदान गरेका थिए ।

पि.डी.जी. लायन शेमराज शाक्यको प्रमुख अतिथ्यतामा आयोजित रक्तदान कार्यक्रमको भेरी सहकारी संस्थाका कार्यवहाक निर्देशक सुशीला शर्माले उद्घाटन गरेकी थिईन ।