बाल विवाह रोक्ने स्थानीय सरकारको प्रतिबद्धता

बाँकेका सरोकारवाला निकायले बाल विवाह रोक्ने प्रतिबद्धता जनाएका छन् । आठौं अन्तर्राष्ट्रिय बालिका दिवस २०१९ को सन्दर्भमा बाँकेका स्थानिय सरकारहरुले बाल विबाह रोक्ने प्रतिवद्धता जनाएका हुन ।

जिल्ला समन्वय समिति बाँकेको आयोजना तथा विभिन्न संघसंस्थाको सहकार्यमा कोहलपुरमा र्याली तथा हस्ताक्षर अभियान संचालन गरीयो ।

किशोरी क्लबले बालविवाह र दाइजोविरुद्ध बाँकेका आठ वटै स्थानीय सरकारका प्रमुख तथा सम्बन्धित निकायहरुलाई यसअघि ज्ञापनपत्र बुझाएका थिए । किशोरी क्लबको अभियानमा ऐकेवद्धता जनाउँदै कोहलपुर नगरपालिकाकाका प्रमुख लुट बहादुर रावतले बालविवाह उन्मुलनमा प्रतिबद्ध भएको भन्दै प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका छन् । नगर प्रमुख लुटबहादुर रावतले बालविवाह न्युनिकरणका लागि पाँच बुँदे प्रतिबद्धता समेत सार्वजनिक गरेका छन ।

बैजनाथ गाउँपाकिलाका उपाध्यक्ष शारदा विश्वकर्मा रेग्मीले आफनो गाउँपालिका पनि बाल विवाह न्युनिकरण अभियानमा कटिबद्ध रहेको बताईन ।

जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय कुमार श्रीवास्तवले बाँके जिल्लालाई पुस भित्र बाल विवाह उन्मुलन गर्ने साथै बाल विवाह न्युनीकरणका ठोस रणनिति बनाई अघि बढ्ने प्रतिबद्धता जनाए ।