फौजीकिरा नियन्त्रणकालागि ज्ञापन-पत्र

बाँके र बर्दिया जिल्लामा फैलीएको फौजीकिराको प्रकोप रोकथाम तथा नियन्त्रणकालागि ज्ञापन पत्र बुझाईएको छ । नागरिक समाज बाँकेले कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख शकील अहमद खाँलाई ज्ञापन पत्र बुझाएको हो ।

फौजी किराको प्रकोपले किसानहरुलाई ठुलो क्षती पुगेकाले त्यसको तत्काल नियन्त्रण गरी कृषकहरुलाई जोखिमबाट बचाउन माग गर्दै नागरिक समाजले ज्ञापन पत्र बुझाएको हो ।

सूचना र मानव अधिकार अनुसन्धान केन्द्र, फातिमा फाउण्डेशन, ईन्सेक, जनएकता समाज, उपभोक्ता हकहित संरक्षण मन्च साथै अन्य सामाजिक संघ संस्था तथा नागरिक समाजले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएको आईएचआरसीका अध्यक्ष विश्वजित तिवारीले बताए ।

ज्ञापन पत्र बुझ्दै ज्ञान केन्द्रका निमित्त प्रमुख खाँले फौजी किराको समस्यालाई तुरुन्त समाधानको लागि पहल भईरहेको बताए ।