फौजिकिरा पिडित कृषकलाई राहत दिन साँसद अथकको पहल

बाँके क्षेत्र नं. १ का सँघिय साँसद महेश्वर गहतराज अथकले बाँकेका किसानहरुको धानबालीमा लागेको फौजिकिराको संक्रमणलाई निर्मुल गर्न कृषि मन्त्री चक्रपाणी खनालसँग छलफल चलाएका छन ।

पछिल्लो समय बाँकेमा फौजिकिराको संक्रमणले धानबाली नस्ट हुँदै गएको प्रति चासो देखाउँदै साँसद अथकले कृषि मन्त्री खनाललाई भेटी फौजिकिरा नियन्त्रण गर्नुका साथै पिडितहरुलाई राहतको ब्यवस्था मिलाउन आग्रह गरेका हुन ।

तराईका बिभिन्न जिल्लामा फौजिकिराले धानबालीमा ठुलो क्षती पुर्याएको बिभिन्न संचार माध्यमबाट जानकारी प्राप्त भएको भन्दै अथकले उक्त विषयलाई चासोका साथ हेरिरहेको बताएका छन । आफुसँगको भेटका क्रममा मन्त्री खनालले पहिलो पटक नेपालमा फौजी किराको संक्रमण देखिएको र यसको सामाधान छिट्टै खोजिने बताएको साँसद अथकले जाकारी गराए । फौजिकिराको संक्रमणबाट भएको क्षतीको तथ्यांक सँकलन गर्न मातहता कार्यालयलाई निर्देशन दिने मन्त्री खनालले बताएका छन ।

प्रदेश सभा साँसद नमुनाद्धारा स्थलगत अनुगमन

यसैबीच ५ नं. प्रदेस सभा सदस्य कृष्णा केसी नमुनाले फैजिकिरा प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेकी छन् । काट्ने बेलाको धानमा एक्कासी फौजिकिराको प्रकोप देखिएपछि स्थलगत अनुगमनमा गएकी उनले फौजिकिरा प्रभावित किसानका लागि संघ, प्रदेश र स्थानीय सरकारले राहात प्याकेज उपलब्ध गराउन पहल गर्ने बताईन ।

बाँकेको बैजनाथ, राप्ती सोनारी, डुडुवा, जानकीलगायतका गाँउपालिका र नेपालगन्ज उप–महानगरका केही वडामा गरिएको धानखेतीमा फौजिकिराको प्रकोप देखिएको छ ।

बाँकेमा करिब १६ हजार हेक्टर बराबरको धानवालीमा फौजिकिराको सँक्रमण देखिएको अनुमान गरिएको छ ।