गुण्डा नाइके ‘बाघे’ स्वयम्भूबाट पक्राउ

प्रहरीले गुण्डा नाइके ‘बाघे’ भनिने सन्देश लामालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले बालुवा बिक्रीमा ठगी अभियोगमा लामालाई स्वयम्भू चमतेबाट पक्राउ गरेको हो ।

विभिन्न आपराधिक घटनामा संलग्न रहेका उनी पछिल्लो पटक बालुवा ठगीको आरोपमा पक्राउ परेका हुन् । उनलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

मात्रा नपुर्‍याई बालुवा बिक्री गरेको आरोपमा उनीसहित अन्य १८ वटा बालुवा डिपो सञ्चालक समेत पक्राउ परेका छन ।

उनीहरुमाथि ठगी मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।