एनआरएनएको मतदान १० बजेदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को बुधबार मतदान रोकिएपछि आज (बिहीबार) बिहान १० बजेदेखि सुरु हुने भएको छ । नयाँ नेतृत्व चयनका लागि बुधबार निर्धारित समयमा मतदान हुन नसकेपछि सहभागीहरु हुलदंगामा उत्रिएका थिए ।

बुधबार बेलुका पाँच बजेदेखि हुने भनिएको मतदान आठ बजिसक्दा समेत सुरु नभएपछि मतदाताहरु हुलदंगामा उत्रिएका थिए । तर, प्रहरीले हस्तक्षेप गरेर हुलदंगा यिन्त्रणमा लिएको थियो ।

यसको केही समयपछि मतदान सुरु भएपनि विद्युतीय भोटिङमा समस्या आएको भन्दै फेरि मतदान रोकिएको थियो । मतदान हुन नसकेपछि मतदाताहरूले व्यवस्थापनको चर्को आलोचना गर्नुका साथै नाराबाजी समेत गरेका थिए । यसपछि बिहीबार बिहान १० बजेटदेखि मतपत्रमै मतदान गर्ने गरी प्रक्रिया स्थगित भएको एनआरएनएनले जनाएको छ ।

नयाँ नेतृत्वका लागि कुमार पन्त र कुल आचार्य प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । अध्यक्षका उम्मेदवार पन्तको प्रस्तावकमा राधिका गुरुङ र समर्थकमा डीबी क्षेत्री रहेका छन् । त्यस्तै अध्यक्षका अर्का उम्मेदवार आचार्यको प्रस्तावकमा दिलबहादुर गुरुङ र समर्थकमा विश्व आदर्श पण्डित रहेका छन् ।

नागरिक खबरबाट