सेना र हतियारधारीबीच गोली हानाहान, १५ को मृत्यु

मेक्सिको सेना र अज्ञात हतियारधारीबीच भएको गोली हानाहानमा १५ जनाको ज्यान गएको छ ।

दुवै पक्षबीच गोली हानाहान हुँदा १५ जनाको ज्यान गएको सुरक्षा अधिकृतले बताएका छन् ।

मारिने १५ जनामा कुन पक्षका हुन् भन्ने पुष्टि भइनसकेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले बताएका छन् । यो घटना हुनुभन्दा केही दिन अघि मात्र अज्ञात हतियारधारीको आक्रमणबाट १५ सैनिक अधिकृतको ज्यान गएको थियो ।

गुरेरो राज्यमा बीस ओटा अतियारधारी सशस्त्र समूहले आक्रमण गर्ने गरेको छ । यो राज्य हिंसात्मक घटना हुनेमध्ये सबैभन्दा जोखिममा पर्ने राज्य भएको र लागूऔषधका कारोबारीबाट यस्तो घटना हुने गरेको समाचारमा बताइएको छ ।