प्रहरीले समातेको जानकारी फेसबुक मार्फत दिए सांसदले

काठमाडौं – राष्ट्रिय जनता पार्टीका सांसद प्रमोदकुमार साह पक्राउ परेका छन् । मंगलबार दिउँसो सांसद साह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेको हुन् । आफू पक्राउ परेको जानकारी फेसबुक गराएका छन् ।

सोमबार साहले बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा मंगलबार उजुरी दर्ता भएको थियो । उजुरी दर्तापछि धनुषा प्रहरीले सांसद साहलाई पक्राउ गर्न महानगरीय प्रहरी परीसर काठमाडौंलाई पत्र काट्को थियो ।

पत्र काटेको केही समयमा नै सांसद साहलाइ प्रहरीले पक्राउ गरेको छ ।