सांसद आलममाथि अनुसन्धानका लागि ७ दिनको म्याद थप

बम विस्फोटमा घाइते भएका आफ्ना २२ सहयोगीलाई इँटाभट्टामा जलाएर हत्या गरेको आरोपमा पक्राउ परेका सांसद अफताब आलममाथि अनुसन्धानका लागि अदालतले ७ दिनको म्याद दिएको छ ।  जिल्ला अदालत रौतहटले आलममाथि अनुसन्धानका लागि ७ दिनको म्याद थप गरेको हो । आलम आइतवार पक्राउ परेका थिए ।

अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थप भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी भूपेन्द्र खत्रीले जानकारी दिए । २०६४ सालको चुनावअघि भएको घटनालाई कांग्रेस सांसद आलमले पैसा र पावरको बलमा लुकाउँदै आएका थिए ।

लोकान्तरबाट