दक्षिण कोरियाकी ‘नो ब्रा’ अभियन्ता मृत फेला

२८ असोज, काठमाडौं । ‘नो ब्रा मुभमेन्ट’ अर्थात् ब्रा नलगाउने अभियानको एक अभियन्ता दक्षिण कोरियाकी प्रसिद्ध गायिका सुली आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् । राजधानी सोलनजिकै रहेको आफ्नो घरमा उनी मृत फेला परेको र आत्महत्याको अनुमानमा अनुसन्धान अघि बढाइएको त्यहाँको प्रहरीले जनाएको छ ।

२५ वर्षीया सुलीको अर्को नाम वास्तविक नाम चोप जिन-रि हो । उनले दक्षिण कोरियामा ब्रा लगाउने(नलगाउने कुरा महिलाको निजी मामिला र स्वतन्त्रताको कुरा हो भन्ने सन्देश फैलाएकी थिइन् ।

यो पनि पढ्नुहोस
दक्षिण कोरियामा ब्रा नलगाउने अभियान स् कसले र किन सुरु गर्‍यो र ?
उनले इन्स्टाग्राममा ब्रा नलगाइकन खिचेको फोटो पोष्ट गरेपछि प्रशंसा र आलोचना दुवै भएको थियो । इन्स्टाग्राममा रहेका उनका लाखौं फलोअर्सले पनि उनलाई साथ दिएपछि ‘नो ब्रा’ ह्यासट्याग ट्रेन्डिङमा आएको थियो ।

आफ्नो शरीर कसरी देखाउने भन्ने कुरा आफ्नो स्वतन्त्रताको कुरा भएको बताउने उनले मे २०१६ मा पहिलोपटक ब्रा नलगाएको फोटो इन्स्टाग्राममा सार्वजनिक गरेकी थिइन् । ब्रा नलगाइ खिचिएको तस्वीर र भिडियोहरुमा निप्पल देखिएको भन्दै उनको धेरै आलोचना भएको थियो ।

यद्यपि प्रभावशाली नारी स्वरका रूपमा परिचित सुलीका समर्थकहरुको संख्या पनि बढ्दै गएको थियो । धेरैले उनलाई साथ दिँदै ब्रा नलगाएका आफ्ना तस्वीरहरु सामाजिक सन्जालमा सेयर गरेका थिए ।