नेपाल-चीनको १४ बुँदे संयुक्त घोषणापत्र जारी

नेपाल भ्रमण पूरा गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किएलगत्तै १४ बुँदे संयुक्त घोषणापत्र सार्वजनिक भएको छ । घोषणापत्रमा बेल्ट एण्ड रोड इनिसियटिभ कार्यान्वयनमा जोड दिइएको छ ।

नेपाल र चीनबीच हिमालय वारपार रेलवेको सम्भाव्यता अध्ययनको सहमति भइसकेको छ । संयुक्त वक्तव्यमा उक्त सहमतिलाई उल्लेख गर्दै काठमाडौं-पोखरा-लुम्बिनी रेलवे परियोजनामा सहकार्यलाई अगाडि बढाउने पनि उल्लेख छ । केरुङ-काठमाडौं सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने विषय पनि संयुक्त व्यक्तव्यमा उल्लेख छ ।

अनलाईनखबरबाट