बुटवल उपमहानगरपालिका र सियान शहरबीच भगिनी सम्बन्ध

नेपाल र चीनबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा १७ वटा सम्झौतामा हस्ताक्षर भएको हो ।

जसमध्ये नेपालको बुटवल उपमहानगरपालिका र चिनको सियान शहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता समेत भएको छ ।