छापा मार्न आउँनेछ्न्, लालसेना !

हामिलाइ नाच्न पनि आउछ
हामिलाइ नचाउन पनि आउछ
हामिलाइ खुट्टा भाच्न पनि आउछ
हामिलाइ जोडनपनी आउछ
बिद्रोहको ओल्डिङले
तिम्रो कन्चटमा बन्दुकको नाल।

झुटामुद्दा लगाएर जसरी घुमायौ तिमिले
निर्दोसहरुलाइ…..
कहिले नुवाकोट
कहिले बर्दिया-बाके त
कहिले सङखुवासभा सम्म
उसैगरी तिमिलाइ अब हामी घुमाउनेछौ
कालिकोटको जनसरकार देखि
रुकुमको जनअदालतसम्म !!
रातिराती छापामार्न आउनेछ्न लालसेना
तिम्रो महलहरुमा !
हो हामिलाइ पनि नाच्न आउछ
हामिलाइ नचाउन पनि आउछ !!

तिम्रा मेयरहरु
तिम्रा मन्त्रीहरू सग
हाम्रा घर जोडिएका छ्न
तिम्रा वडाकार्यलय हरु जलाउन
हामिलाइ एउटा प्लाटुन चाहिदैन
नपत्याय हेर केहि समय पछि
मुख्य मन्त्रीहरुले निन्द्रा
खोज्नुपर्ने छ सब्दकोसमा।

यातना को चोक्टा ले
नदेखाउ यार
मिर्त्युको ध्वास ?
हामी त हजार मृत्यु को माला लगाएर हिडने
कमरेड हौ
तिमि सग भएको हतियार
हाम्रा खेलौना हुन
खिया लागेपछी गृनेटहरु
बुझाएका हौ तिमिलाइ
हो हामिलाइ उल्टो पनि आउछ
हामिलाइ सुल्टो पनि आउछ
हामिलाइ नाच्न पनि आउछ
हामिलाइ नचाउन पनि आउछ।

मनमा आगो बल्दाबल्दै पनि
हामी गाइरहेछौ
सितलताको गित
देसलाइ समृद्धि चाहिएको छ
देसलाइ समाजबाद चाहिएको छ
युद्ध हाम्रो चाहाना होइन
परिबर्तन हाम्रो माग हो।
यदि कुल्चिएर हाम्रो सम्यमता लाइ
घोषणा गर्छौ भने युद्द
जमिबस्ने छैनन्
हाम्रा हातहरुमा पनि दहि ।।

हो हामिलाइ नाच्न पनि आउछ
हामिलाइ नचाउन पनि आउछ
हामिलाइ उल्टो पनि आउछ
सुल्टो पनि आउछ।