रानी तलाउमा डुब्दा सुनिलको मृत्यु

नेपालगन्जको रानी तलाउमा डुब्दा एक जनाको ज्यान गएको छ । तलाउमा डुबेर नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ का सुनिल भित्रकोटीको ज्यान गएको हो । स्थानियहरुका अनुसार राती ३ बजे तलाउको पर्खाल नाघेर उनि भित्र पुसेका थिए ।

दिनको समयमा मात्र खुल्ने उक्त तालमा रातीको समयमा प्रवेश गरेका सुनिलको बिहान ९ बजेतिर शब निकालिएको हो । केही समय पहिले तलाउमै डुवेर अर्का एक जनाले ज्यान गुमाईसकेका छन ।