९० हजार सहित ८ जुवाडे पक्राउ

इलाका प्रहरी कार्यलय कोहलपुरले ८ जना जुवाडेलाइ पक्राउ गरेको छ । शनिबार राती १२ बजेको समयमा इलाका प्रहरी कार्यालयबाट गएको टोलिले बैजनाथ गाउपालिका वडा नं. ४ बाट पक्राउ गरेको प्रहरिले जनएको हो । प्रहरिले उनिहरुलाइ जुवा खाल सहित ९० हजार भन्दा बढी रकम सहित पकाउ गरेको हो ।

पक्राउ परेकाहरुलाई इलाका प्रहरिले थप अनुसन्धानका लागि नियन्त्रणमा राखेको छ । प्रहरीले चाडपर्वलाई लक्षित गर्दै अपराधिक गतिबिधिलाइ नियन्त्रण गर्न तर्फ लागेको इलाका प्रहरी कार्यालयक प्रमुख हेम बहादुर शाहिले बताए  । उनले भने ‘प्रहरी कोहि कसैका अगि नझुकी निस्फिक्र रुपमा आफ्नो काम गर्छ ।’ चाडपर्वका समयमा प्रहरिलाइ अपराधिहरुले विभिन्न तरिकाले प्रहाहार गर्न खोजिरहेको समेत शाहिले बताए । उनले भने ‘प्रहरी त्यस्ता भ्रमाक कुराको पछि नलागी आफ्नो काममा दृढ़ छ ।’