महिला प्रहरीले जोगाईन वालकको ज्यान

एक महिला प्रहरीले जन्डिसबाट पिडित बालकको ज्यान जोगाएकी छन । बर्दिया गुलरीया नगरपालिका वडा नं. २ पण्डितपुरका सिभम यादवलाई आवश्यक रगत उपलब्ध गराएर महिला प्रहरीले मानविय धर्म निर्वाह गरेकी हुन ।

जन्डिसले थला परेका यादवको जिल्ला अस्पताल बर्दियामा उपचार भईरहेको थियो । यादवको अवस्था दिनप्रतिदिन नाजुक हुँदै गईरहेको अवस्थामा प्रहरी हवल्दार मिना तामाङले रगत दिएकी हुन ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत तामाङले रगत दान गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।