संचारकर्मी डिजीको ‘छोडी जानु रैछ’ ! (भिडियो सहित)

संचारकर्मी प्रमोद डिजीको नयाँ गित बजारमा आएको छ । गायक तथा संगितकार समेत रहेका डिजीले ‘छोडी जानु रैछ’ भन्ने बोलको आधुनिक गित बजारमा ल्याएका हुन । चर्चित गायक टंक तिमिल्सिनाको शब्द संगित रहेको उक्त गितको म्यूजिक भिडियो समेत सार्वजनिक गरिएको छ । फिमेल भर्जनमा अन्जु पन्तको आवाजमा रहेको उक्त गितको मेल भर्जनमा संचारकर्मी डिजी आफै स्वर दिएका छन ।

युट्युव रिलिज गरेको केही समयमै २५ सय बढि भ्यूज बटुलिसकेको उक्त गितको म्यूजिक भिडियोमा राजेश बुढाथोकी बिसी, शिवानी गौतम र रोहित खड्काले अभिनय गरेका छन । नवराज सुबेदीको निर्देशनमा तयार गरिएको भिडियोको छायाकंन तथा सम्पादन आरकेसी मिडियाका प्रोप्राइटर रामु चौधरीले गरेका हुन ।

लामो समय देखि कलाकारिता क्षेत्रमा लागीरहेका डिजीले यसअघि थुप्रै गीतहरु बजारमा ल्याईसकेका छन ।