कोहलपुर डेरी एशोसियशनको अध्यक्षमा थापा निर्वाचित

कोहलपुर डेरी एशोसियशनको प्रथम साधारणसभा कोहलपुरमा सम्पन्न भएको छ । साधारणसभाले रमिला थापाको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ ।

जसको उपाध्यक्षमा चन्द्रबहादुर रावत, महासचिवमा सन्तोषराज पौडेल, सचिव पार्वती वली र कोषध्यक्षमा कृष्ण प्रसाद चापागाँई चयन भएका छन । समितिको सदस्यमा हरी भण्डारी र सन्तकुमार विश्वकर्मा चयन भएको नवनिर्वाचित महासचिव सन्तोषराज पौडेलले जानकारी दिए ।

साधारणसभाको कोहलपुर नगरपालिकाकी उपप्रमुख सन्जु कुमारी चौधरीले उद्घाटन गरेकी थिईन । कार्यक्रमको उद्घाटन शत्रमा बोल्दै चौधरीले दुग्धजन्य सामग्रीको गुणस्तरमा विशेष ध्यान दिन आग्रह गरिन । जन्मदेखि मृत्युपर्यन्त आवश्यक पर्ने दुधको उत्पादनदेखि वितरणसम्मको प्रक्रियामा स्वच्छता अपनाउन चौधरीले सुझाव दिईन । सरकारले निर्धारण गरेको मुल्य सुचिलाई कडाईका साथ लागु गर्न डेरी एशोसियशनले समन्वयकारी भुमिका खेल्नुपर्ने चौधरीको भनाई थियो ।

कार्यक्रममा विभिन्न ब्यक्तिहरुले दुधको उत्पादन र बजारीकरणमा समानता हुनुपर्ने, दुधजन्य पदार्थको स्वच्छतामा विशेष ध्यान दिनुपर्ने, खुद्रा दुध ब्यवसायीलाई नियमन गर्नुपर्ने लगायत सुझाव दिएका थिए ।