ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट, प्रहरीद्धारा उद्धार

‘नेपालका लागि नेपाली’ नामक अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीमाथि निर्घाट कुटपिट भएको छ ।

अभियानले चितवनको चौबिसकोठीमा राखेको कार्यक्रममा सहभागी हुन चौबिसकोठी होटलबाट निस्कदै गर्दा उनी सवार बा ३ ख ४५ नम्बरको माइक्रोबसमा आक्रमण गरिएको हो । त्यसलगत्तै उनीमाथि कुटपिट भएको हो । कुटपिटबाट शाही घाइते भएका छन्।

शाहीलाई प्रहरीले उद्धार गरी उपचारका लागि अस्पतालतर्फ लगिएको प्रहरीले जनाएको छ । उनको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ ।

शाही समर्थकहरुले आक्रमण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थीहरुले गरेको दाबी गरेका छन् ।

केही साताअघि नेपालगञ्जबाट आउने क्रममा पर्यटनमन्त्री योगेश भट्टराईका कारण जहाज ढिला गरेको भन्दै अभद्र व्यवहार गरेपछि उनको चर्को विरोध भएको थियो । उक्त घटनाको केही दिनपछि शाहीले ललितपुरमा आयोजना गरेको कार्यक्रममा पनि उनीमाथि आक्रमण भएको थियो । यस क्रममा पनि उनलाई प्रहरीले उद्धार गरेको थियो ।

यस क्रममा उनले प्रहरीमाथि अभद्र व्यवहार गरेको भन्दै भविष्यमा त्यस्तो व्यवहार नगर्ने सर्तमा नियन्त्रणबाट छाडेको थियो ।
नागरिकखबरबाट साभार