दलाई लामाले ताने बाबा रामदेवको दाह्री

तिब्बती धर्मगुरु दलाई लामाले बाबा रामदेवको दाह्री तानेका छन् । दिल्लीमा आयोजना गरिएको सर्वधर्म सद्भाव संगममा दलाई लामा, योगगुरु बाबा रामदेव र मौलाना महमूद मदनी मन्चमासँगै बसेका थिए । दिल्लीको किङ्ग्सवे क्याम्प क्षेत्रमा आयोजना गरिएको सो कार्यक्रममा दलाई लामा मञ्चमा रमाइलो गर्दे देखिए ।

मिजासिलो शैलीका उनले ठट्टा गर्दै बाबा रामदेवको दाह्री ताने । लामाले दाह्री तानेपछि रामदेव खुलेर हाँसेका थिए । जसको तस्विर भाइरल भइरहेको छ । यसअघि सन् २०१६ को विश्व शान्ति र समन्वय शिखर सम्मेलनमा पनि दलाई लामाले बाबा रामदेवको दाह्री तानेका थिए ।

सो समय मानिसहरूबिच हर्षोल्लास भएको थियो । योग गुरुले यसलाई रमाइलोको रुपमा लिएर कुनै आपत्ति जनाएनन्। उनिहरु बिचको निकटताको कारण दाह्री तानेको मान्न सकिन्छ ।