डुवानले बाँकेका ६४ घरपरिवार विस्थापित, पठनपाठन समेत प्रभावित

अविरल वर्षापछि भएको डुवानका कारण बाँकेको खजुरा र जानकी गाउँपालिकाका ६४ घरपरिवार विस्थापित भएका छन । ३ दिनदेखिको अविरल वर्षासँगै ६४ द्धरपरिवारका २५३ जना विस्थापित भएका हुन ।

घरआँगन पुरै जलमग्न भएपछि खजुरा गाँउपालिकाका स्थानियहरु सडकमा बस्न बाध्य भएका छन । बुधबारदेखि परेको अबिरल बर्षाका कारण आफुहरु राति नै घर बन्द गरेर बाटोमा आएको स्थानिय मायाराम पासीले बताए । गाँउपालिकाले बितरण गरेको पालको साहारामा बस्दै आएका स्थानियहरु गरिब भएकै कारण समस्यामा परेको पासीले बताए ।

वर्षाले विद्यालयमा समेत क्षती पुर्याएको छ । खजुरा गाँउपालिका वडा नं. ७ मा रहेको नेपाल राष्ट्रिय आधारभुत बिद्यालय पनि डुवानमा परेको छ । डुवानका कारण विद्यालयको पठनपाठन समेत प्रभावित भएको बिद्यालयका प्रअ श्रबण कुमार खड्काले बताए । बिद्यालयको पुरनो संरचना तथा मानखोलामा आवश्यक तटबन्ध नहुँदा बर्षेनि डुवानको समस्या झेल्नुपरेको खड्काले बताए ।

अविरल वर्षापछि खजुरा गाउँपालिका वडा नं. २ गौघाट, पुरैनी, वडा ५ र ६ उढरापुर, वडा नं. ७ सिन्दुरे लगायतका ठाउँमा दुइ सय घरपरिवार विस्थापित भएको खजुरा गाँउपालिकाकी उपाध्यक्ष एक माया बिकले जानकारी दिइन । विस्थापित मध्ये केहीलाई जनसेवा मावि र नेपाल आधाभूत विद्यालय सिन्दुरेमा राखिए छ भने बाँकी सबै आफन्तीको घरमा बसेका छन् । अहिले बर्षा रोकिएपछि जनजिबन केही सामान्य बनेको छ भने स्थानियहरु आ-आफ्नो घर फर्किन थालेका छन ।