संविधान दिवसको अवसरमा नगर सरसफाई (फोटो फिचर)

कोहलपुर नगरपालिकाले संविधान दिवसको अवसरमा नगर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । नगर प्रमुख लुटबहादुर रावतको नेतृत्वमा बिहिबार बिहान नगर सरसफाई गरीएको हो ।

५ औं संविधान दिवसलाई भब्यताका साथ मनाउने क्रममा बिहिबार नगर सरसफाई अभियान संचालन गरीएको नगर प्रमुख रावतले जानकारी दिए । सरसफाई कार्यक्रम अन्तर्गत कोहलपुर न्यूरोड, चौराहका साथै बजार क्षेत्रमा सामुहिक सरसफाई गरिएको छ । स्थानिय जनप्रतिनिधी, ब्यापारी, प्रहरी प्रशासन तथा विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानियहरुले स्वतस्फुर्त रुपमा सरसफाई कार्यक्रममा सहभागीता जनाएका थिए ।

संविधान दिवसकै अवसरमा भोली शुक्रबार प्रभातफेरी निकालिने कोहलपुर नगरपालिकाले जनाएको छ । कोहलपुर चौराहदेखि सुरु हुने प्रभातफेरी साझा चोक हुँदै पुन कोहलपुर चौराहमा पुगेर कोणसभामा परिणत हुने बताईएको छ । त्यसैगरी अभियानको अन्तिम दिन शनिबार रक्तदान कार्यक्रम संचालन गरिने भएको छ । सोही दिन निवन्ध प्रतियोगिता समेत संचालन गरिने नगरपालिका कार्यालयले जनाएको छ ।