शालिकरामकी प्रेमिका भनिएकी अस्मिता कार्की पक्राउ

पत्रकार शालिकराम पुडासैनिको आत्महत्या प्रकरणको छानविनकालागि प्रहरीले अस्मिता कार्कीलाई पक्राउ गरेको छ । पत्रकार पुडाशैनिको मृत्युअघिको भिडियोमा नाम मुछिएपछि प्रहरीले कार्कीलाई पक्राउ गरेको हो ।

पेशाले नर्स समेत रहेकी कार्कीलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले बिहिबार काठमाण्डौंबाट पक्राउ गरेको हो । कार्की पक्राउ परेसँगै प्रहरीले रबि लामिछाने र युवराज कँडेलमाथी समेत निगरानी बढाएको छ ।

आत्महत्या गर्नुअघि पुडासैनीले खिचेको भिडियोमा रबि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीले आफुलाई मर्न माध्य पारेको उल्लेख गरेका थिए । सोही भिडियोको आधारमा प्रहरीले कार्कीलाई पक्राउ गरेको जनाएको छ । रबि र कँडेललाई समेत पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाईने बताउँदै आएको प्रहरीले बिहिबार कार्कीलाई पक्राउ गरी चितवन पुर्याएको हो ।

पत्रकार पुडासैनी गत २१ गते चितवनको भरतपुरस्थित एक होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।