फोनिज गण्डकीमा आस्थामगर निर्वाचित

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको आईतबार पोखरामा सम्पन्न प्रथम महाधिवेशनबाट अध्यक्षमा एमबी आस्थामगर सर्वसम्मत निर्वाचित भएका छन ।

उनी सङ्गै उपाध्यक्षमा दिल शिरिष, महिला उपाध्यक्षमा कमला राना, महासचिवमा रुद्र श्रीस, संगठन सचिवमा खिमा गुरुङ, संस्थागत सचिवमा सुनिता थापामगर र कोषाध्यक्षमा सिर्जना राना निर्वाचित भएका छन ।

त्यसैगरी सदस्यहरुमा सुसान्त गाहा मगर, सुमन गुरुङ, गणेश गुरुङ, तिलक गुरुङ, मुना थापा मगर, सूर्यकुमारी महतो, सुमन थापा मगर, मिना थापा मगर र मनिलाल सरब्जा गुरुङ निर्बाचित भएको बताईएको छ ।