अब कमरेड दीपक मनांगे, प्रदेश सांसद राजीव गुरुङ नेकपा प्रवेश

गण्डकी प्रदेश सांसद राजीव गुरुङ नेकपा प्रवेश गरेका छन् । पोखरामा बिहीबार विहान आयोजित एक समारोह बीच गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपाका नेता पृथ्वीसुब्बा गुरुङले राजीवलाई पार्टी प्रवेश गराएका हुन् ।

गुरुङसँगै नेत्रविक्रम चन्द विप्लव समूहका कास्की संयोजक पुष्प कार्की पनि नेकपा प्रवेश गरेका छन् । टीका लगाइदिएर उनीहरुलाई पार्टीमा स्वागत गर्दै मुख्यमन्त्री गुरूङले नेकपाको विधान पनि हस्तान्तरण गरे ।

मनाङेले मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर फौजदारी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहर भएपछि उनले सपथ लिन पाएका थिएनन् ।

सो मुद्दामा सर्वोच्चमा पुनरावेदन गरेका उनलाई सर्वोच्च अदालतले थुनामा नबसी मुद्दा लड्न सक्ने गरी बाटो खोेलिदिएको थियो । त्यसपछि मनाङेले प्रदेश सांसदको रुपमा सपथ लिएका थिए ।

नागरिक खबरबाट साभार ।