६९ वर्षमा एसईई पास !

६९ बर्षको उमेरमा एसईई दिएकी युगमाया कार्की ‘डी प्लस’ ग्रेड सहित उतिर्ण भएकी छिन । ओखलढुंगा लिखु गाउँपालिका घर भई हाल भक्तपुरको गोठाटार बस्ने कार्की (६९ वर्ष) ले आफ्नो नातिसँगै एसइई परीक्षा दिएकी थिइन । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार नतिजा प्रकशित गरेसँगै एसईईसँग जोडिएका रमाईला पक्ष बाहिर आएका छन ।
६९ वर्षिय कार्कीसँगै नायिक करिश्मा मानन्धर र नेकपा नेतृ शान्ता चौधरीले समेत एसईई परिक्षा पास गरेका छन ।