विप्लव निकट भन्दै पत्रकार पक्राउ

राज्यबाट प्रतिबन्धित विप्लव समूह समर्थक भएको आरोपमा पोखराका एक पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । कास्कीको रुपा गाउँपालिका सिद्द देउराली घर भएका ‘इमान्दार मिडिया प्रालि’ का पोखरा प्रतिनिधि पत्रकार राजकुमार घिमिरे र प्युठान घर भएका विप्लवका युवा नेता बुलेट कार्कीलाई प्रहरीले प्रकाउ गरेको हो । यद्यपि जिल्ला प्रहरी कार्यालय कास्कीमा सम्पर्क गर्दा यसवारे जानकारी नभएको बताएको छ ।

घिमिरेलाई अदालत परिसरबाट पक्राउ गरिएको बताइएको छ । समाचार संकलनको क्रममा जाँदा विप्लव समूहको समर्थक भएको भन्दै पत्रकार पौडेललाई पक्राउ गरिएको विप्लप समूहका काँस्की नेताको दाबी छ ।

पछिल्लो समय नेकपाका नेता कार्यकर्ताहरुलाई कास्की प्रहरीले पक्राउ जारी राखेको छ । बैठक स्थलबाट समातिएका १८ जनालाई जिल्ला अदालतले रिहा गर्ने आदेश दिएपछि पनि प्रहरीले पुनस् गिरफ्तार गरेपछि तेस्रो आदेश भएलगत्तै कायकर्ताहरु जिल्ला बारको शरणमा गएका थिए । उनीहरु अहिले पनि बारमै छन् । घटना प्रति काँस्कीका पत्रकार, मानवअधिकारकर्मी, बारले रोश प्रकट गरेको छन । अदालतलाई लत्याउने काम गरेको भन्दै बारका पदाधिकारीहरुले जिल्ला प्रसासन कार्यालयमा ध्यानकर्षण समेत गराएका थिए ।

दोश्रो पटक रिहा गर्न आदेश दिँदा पनि गिरफ्तारीको तयारी गरिएपछी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका नौ जना नेता तथा कार्यकर्ताले उच्च अदालत पोखरा परिसरमा रात बिताएका छन् ।
जनता समाचारबाट