मानव अधिकार संरक्षणकालागि अन्तरक्रिया कार्यक्रम
  • काँचुली खबर

दलित महिलाहरूको मानव अधिकार संरक्षणकालागि अभियान नै शुरु गर्नु पर्ने सराकारवालाहरुले बताएका छन । दलित महिला संघ बर्दियाले आयोजना गरेको दलित महिलाहरूको मानव अधिकार संरक्षणका लागि सरोकारवालाहरूसँग जिल्ला स्तरिय अन्तरकृया कार्यक्रममा बोल्दै नागरिक अगुवाले यस्तो बताएका हुन ।
गुलरिया नगरपालिकाका उपप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि सुशिला गिरीले स्थानीय निकायका जनप्रतिनिधि नै घरेलु हिंसामा पर्ने गरेको बताईन । कार्यक्रममा बोल्दै उप(प्रमुख गिरीले महिला जनप्रतिनिधि नै यतिबेला हिंसाको शिकार भैरहेको भन्दै दुःख ब्यक्त गरेकी थिईन ।
कार्यक्रममा दलित महिला संघ बर्दियाका अध्यक्ष हिमा सुनारले पछिल्लो समयमा बर्दिया जिल्लामा घरेलु हिंसा लगायत दलित महिला माथिको विभेद बढि रहेकोले सबै सरोकारवाला निकायहरु एक जुट हुनुपर्नेमा जोड दिईन । दलित महिला संघ बर्दियाले बर्दिया जिल्लाको गुलिरया नगरपालिका र बढैयाताल गाउँपालिकामा पनि दलित महिलाहरूकालागि सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

  • २१ कार्तिक २०७५, बुधबार १२:३२ प्रकाशित
  • Nabintech