४ बैशाख २०८१, मंगलवार
‘मुलुकी ऐन संशोधन गर्नुपर्छ’- देउवा
  • काँचुली खबर

चितवन – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भर्खरै लागू भएको मुलुकीसंहिता संशोधन गर्नुपर्ने बताउनुभएको छ । ‘मुलुकी संहिताको धेरै विषयमा बिरोध भइरहेको छ’, उहाँले सोमबार भरतपुरमा पत्रकारहरुसँग भन्नुभयो, ‘डाक्टरहरुले ऐन संशोधन माग्दै आन्दोलन गरेका छन् । मुलुकी ऐनको सबतिर विरोध भइरहेको छ । त्यसकारण त्यसलाई संशोधन गर्नुपर्छ ।’

सभापति देउवाले मुलुकी संहितालाई लिएर चिकित्सकले देशव्यापी गरिरहेको आन्दोलनमा कांग्रेसको सर्मथन गरेको बताउनु भयो । पूर्वप्रधानमन्त्री देउवाले मुलुकमा पछिल्लो समय हत्या हिंसा र बलात्कारका घटना बढेको स्मरण गराउँदै दोषी पहिचान कारवाही गर्न सरकार असफल भएको बताउनुभयो । उहाँले विमस्टेक सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्नुभयो ।

  • १८ भाद्र २०७५, सोमबार १६:१० प्रकाशित
  • Nabintech