१५ चैत्र २०८०, बिहीबार
प्रचण्डले वामदेवलाई बनाउलान् त प्रधानमन्त्री ?
  • काँचुली खबर

देशैभरी वाम लहर चल्दा चुनाव हारेका नेकपा नेता वामदेव गौतम उपचुनावको जस्केलाबाट संसद् छिर्ने रणनीतिमा लागेका छन् । ०६४ मा संविधानसभाको चुनाव हार्दा पनि गौतमलाई उपप्रधान तथा गृहमन्त्री बन्ने सौभाग्य प्राप्त भएको थियो । वामदेव गौतम फेरि किन संसद् छिर्न खोज्दैछन् ? नेपाल साप्ताहिकमा प्रकाशित नेकपा नेता गौतमको संक्षिप्त अन्तर्वार्ताः

पार्टीले देशभर चुनाव जित्दा तपाईले हार्नुभयो । चुनावको ६ महिनामै संसद्मा आउने योजना बनेको हो ?

– म हारेको होइन । सूर्य वा हँसिया हतौडामा मतदान गर्दा झुक्किएर ५ हजार मत बदर भए । त्यसैले प्राविधिक रुपमा कांग्रेसका संजय गौतमले जिते ।

डोल्पाका सांसदलाई राजीनामा गर्न राजी गराउनु भयो ?

– डोल्पा निश्चित भइसकेको छैन । मेरा लागि ठाउँ छाड्न एक दर्जन सांसद तयार छन् ।

तपाईं संसद् नगई नहुने किन ?

– संसद्लाई दिशा दिन सक्ने, सबैलाई मिलाएर हिँड्ने मजस्तो नेता को छ रु म ०५६ र ०६४ मा संसद् भईनँ । ती संसद् असफल भए । म भएका बेला ०४८, ०५१ र ०७० मा सफल भए । ०७० मा कांग्रेस एमाले, कांग्रेस र माओवादीलाई एक ठाउँमा ल्याएर संविधान बनाउन भूमिका खेलेँ ।

तपाईं संसद्मा आउने प्रधानमन्त्री बन्न हो ?

– म प्रधानमन्त्री र अध्यक्ष बन्न हुँदैन भन्ने कहीँ छ ? मेरा सबै समकक्षी प्रधानमन्त्री भइसके । प्रचण्डले संसद्मै मैले अझै एकजनालाई प्रधानमन्त्री प्रस्ताव गर्न बाँकी छ भन्नुभयो । केपी कमरेडले कयौं पटक अब बामदेवको पालो भन्नुभएको छ । तर, यो पाँच वर्ष सम्भावना छैन् । एउटै प्रधानमन्त्रीले पूरै कार्यकाल चलाउने तय भइसकेको छ ।

नेकपाभित्र प्रचण्ड र वामदेवको गुट बनिसकेको हो ?

– अहिले केपी कमरेड र प्रचण्डको जस्तो दोस्ती अरु कसैको छैन । माधवजी दुबैलाई खुसी बनाएर खुसी हुनुहुन्छ । सबैलाई थाहा छ, म गुटबन्दी गर्दिन । प्रचण्डसँग पुरानो दास्ती हो, पार्टी एकतापछि गाढा भयो । पूर्वएमालेसँग दोस्ती छँदैछ ।

  • १० भाद्र २०७५, आईतवार १२:१९ प्रकाशित
  • Nabintech