१६ चैत्र २०८०, शुक्रबार
भिजिट नेपाल २०२० को तयारीः रामकृष्ण तिमल्सिना
  • काँचुली खबर

नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) बीचको पदयात्रा सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड विवाद अन्त्य भएको छ । रमेश धमला नेतृत्वको तत्कालीन टानका पदाधिकारीले जथाभावी खर्च गरेपछि टिम्सको रकम रोकेको बोर्डले झण्डै ५ वर्षपछि निकासा दिन सुरु गरेको छ । शीर्षक भन्दा बाहिर अपारदर्शी ढंगले खर्च गरेको पाइएपछि टानका नामको बेरुजु हिसाब सार्वजनिक समेत भएको थियो । यो बीचमा आरोप पत्यारोपमा समेत उत्रिएका टान र बार्डका अधिकारी सहमतिमा पुगेपछि टिम्सको कोषबाट निकासा दिनुपर्ने मजदुरको क्षतिपूर्ति बापतको रकम निकासा भएको छ । टानको वर्तमान कार्यसमितिका तर्फबाट गरिएको पहल र बोर्डका तर्फबाट सदस्य कृष्णकुमार अर्यालले खेलेको सकारात्मक भूमिकाका कारण टिम्सको विवाद अन्त्य भएको हो । यसै विषयमा केन्द्रीत रहेर टानका कोषाध्यक्ष रामकृष्ण तिमल्सिनासँग गरेको कुराकानीः

टिम्स विवाद कसरी अन्त्य भयो ?
– टिम्सका बारेमा विगत ५ वर्षदेखि रहेको थियो । टानमा नवराज दाहाल नेतृत्वका नयाँ कार्यसमिति आएपछि हामीले मुख्य समस्या टिम्समै देख्यौँ र निकासका निम्ति निरन्तर पहल गर्यौ । सर्वप्रथम त हामीले टिम्सको एमओयु पुरै केलाएर होर्यौ । विगतमा रमेश धमाला र चन्द्र रिजालले टानको नेतृतव गर्दा नसुल्झिएको यो समस्याको गाँठो हामीले पत्ता लगायौँ त्यसपछि टान र नेपाल पर्यटन बोर्डका बीचमा सौहार्द सम्बन्धको विकास गर्यौ । सँगै हामीले टिम्सको विवाद हल गर्न विभिन्न उपाएको खोजी पनि गर्यौ । यही शिलशिलामा यदयात्राका क्रममा ज्यान गुमाएका मजदुरकोे परिवारलाई दिनुपर्ने राहत रकम असार १ गते पर्यटन बोर्डको हलमै कार्यक्रम गरेर हस्तान्तरण गर्यौ । हुँदहुँद आँधीमा परेका मजदुर लगायतका ३३ परिवारलाई क्षतिपूर्ति वापतको रकम प्रतिपरिवार दुई लाख ५० हजारका दरले हस्तान्तरण गरेका छौँ । यहीबाट टान र बोर्डकाबीचमा रहेको टिम्सको विवाद अन्त्यको बाटोमा अघि बढेको छ ।
पर्यटन बोर्ड र टानका बीचमा भएको सहमति कार्यान्वायन कसरी हुँदै जान्छ ?
– कार्यान्वयनको बाटो खुलिसकेको छ । किनभने यो टिम्सको विषय त टानको अधिकारको पनि कुरा हो भन्ने कुरा बोर्डले पनि बुझिसकेको छ । बोर्डका टिम्स हेर्ने अधिकारीले पनि बुझिसक्नु भएको छ कि यो रोकेर राखेर कुनै फाइदा छैन । अर्को कुरा बेरुजु कायम रहँदासम्म टान र बोर्ड दुबैको टाउको दुखाइ भैरहने भएकाले निकासमा सहमति गरेका हौँ त्यसकारण टिम्स एमओयु अनुसारनै बाँकी काम अघि बढ्छ । हामी बेरुजु फछ्र्यौटलाई समेत प्राथमिकतामा राखेर अघि बढेका छौँ । जसले सहमति कार्यान्वयनमा सहजता पैदा गर्दै जानेछ ।

मजदुरका परिवारले त राहत रकम पाए अन्य रकम कसरी निकासा हुन्छ ?
– विगतमा एक चरण र आरोप प्रत्यारोपमै गुजारियो । टानले टिम्स बेचे बापत पाउनुपर्ने रकम उसको अधिकार त हो तर बोर्डबाट एक दुई करोड पैसा ल्याएर खर्च गरेपछि हिसाब गर्न सकेन । बेरुजु देखियो । हामी त्यो बेरुजु कम गर्न प्रमाण जुटाउँदै छौँ । जसरी मजदुरका परिवारलाई क्षतिपूर्ति दियौँ त्यसैगरी अस्पताल र हेलिकप्टरको पैसा पनि तिर्दै छौँ । चरणवद्ध रुपमा हामी रकम निकासा गर्दै जानेछौँ । हामीले हिसाब किताब चुस्तदुरुस्त पारेका छौँ जुन बोर्डमा पनि प्रस्तुत गरेका छौँ । त्यसमा बोर्ड पनि सहमत भएकाले अब समस्या नै बाँकी छैन ।

वेरुजु फछ्र्यौैटको काम कसरी अघि बढ्दै छ ?
– बोर्डबाट जे शीर्षकमा पैसा लगिएको थियो त्यो शीर्षकमा केही खर्च पनि भएको कतिपय त्यसरी खर्च पनि नभएको देखिएको थियो । प्रायः त्यसरी पैसा ल्याउँदा अघिल्ला कार्यसमितिले खर्च चाहिँ चाहिने ठाउँमै गरेका हुन तर त्यसको हिसाब पादर्शी हुन सकेन र त्यो पाटोलाई खोजी पनि गरिएको रहेनछ । अहिले हामीले लुकेका त्यस्ता विषयमा समेत सूक्ष्म तवरले केलाउँदै छौँ, सबै हामीले संकलन गर्दै छौँ । पहिलाका जो कार्यसमितिमा हुनुहुन्थ्यो, जो कर्मचारी हुनुहुन्थ्यो उहाँहरुबा छुटेका बिल भर्पाइहरु हामीले संकलन गर्दै छौँ । बोर्डबाट ल्याएको रकम टानले सम्बन्धित शीर्षकमै खर्च गरेको कुरा धेरै हदसम्म मिलेको देखिएको छ । त्यसकारण अब यही प्रक्रियाबाट सबै हिसाब फछ्र्यौट हुँदै जानेछ ।

पर्वतीय पदयात्राको विकास र विस्तारका लागि टानले के गर्दैछ ?
– हामीले धेरै काम गनुपर्नेमा केही काम गरिरहेका छौँ त्यो पनि अफ्ठेरो परिस्थितिमा रहेर काम गरिरहेका छौँ । अहिले त कार्यक्रम गर्दा पनि पदाधिकारीबीचबाट सापटी लिएर काम चलाइरहेका छौँ । अब हामीहरुको आम्दानीको एउटा मुख्य स्रोत टिम्सको बाटो पनि खुलेको छ, जसलेगर्दा काममा केही सहज हुने अनुमान गरेका छौँ । सरकारले भिजिट नेपाल २०२० को घोषणा गरेर तयारी गरिसकेको छ यसलाई सहयोग गर्नु अबको हाम्रो मुख्य काम हुनेछ । नयाँ नयाँ गन्तव्यको पहिचान र प्रवद्र्धन पनि हाम्रो अबको बाटो हो ।

आर्थिक समृद्धिका लागि एउटा मुख्य आधार पर्यटनलाई मानिएको छ, अहिलेकै अवस्थामा त्यो सम्भव होला त ?
– पर्यटनमा समस्या नै नभएको होइन । तर त्यस्ता समस्यालाई कसरी समाधान गर्ने भन्न हो । टानले विद्यामान समस्यालाई सुक्ष्म रुपमा केलाईरहेका छौँ । कतिपय कानुनी जटिलता समेत छ । व्यवसायमैत्री वातावरण तयार गरी अघि बढ्ने हो भने आर्थिक समृद्धि धेरै टाढा छैन र त्यसमा पर्यटनको योगदान उल्लेख गर्न लायक हुनेछ । अहिले नै हामी टानको छाताभित्रमात्र झण्डै दुई हजार कम्पनी रहेका छन । ती कम्पनी मार्फत झण्डै १० लाखले रोजागरी पाएका छन । अब राज्यले व्यवसायमैत्री वातावरण तयार गरेर लागानीलाई प्रोत्साहन गर्नुपर्छ र पर्यटनको परम्परागत शैलीमा सुधार ल्याउन पहल गर्नुपर्छ । हामी अब गाइडहरुलाई भाषामा दक्ष बनाउन आफैँ तालिम पनि दिँदै छौँ । उहाँहरुलाई विभिन्न भाषाको तालिम दिन गइरहेका छौँ । सम्बन्धित देशको भाषामा दक्ष भएका गाइडहरु उत्पादन गर्दा पर्यटकलाई पनि सहज हुने हाम्रो अनुमान रहेको छ । समग्रमा पर्यटन क्षेत्रमा नयाँपन दिनेगरी काम हुनेछ जसले आर्थिक समृद्धिका लागि सहयोग पुग्ने मैले विश्वास लिएको छु ।

भिजिट नेपाल २०२० को तयारी सुरु भएको छ, यसमा टानको योगदान के होला रु सार्वजनिक भएको लोगोमा तपाईले फरक मत समेत राख्नु भएको थियो ?
– भिजिट नेपाल २०२० मा हाम्रो महत्वपूर्ण योगदान हुन्छ । सामूहिक रुपमा भिजिट नेपाल २०२० को प्रचारमा लाग्ने छौँ । हामी हाम्रा सम्पूर्ण सदस्यहरुलाई यस अभियानमा केन्द्रीत गराउने छौँ । रकम संकलन गरेर विदेशी सञ्चार माध्यममा प्रचारप्रसारको काम पनि गर्ने बारेमा सोचिरहेका छौँ । लोगो प्रस्तावित रुपमा जनु आएको थियो त्यसमा मेरो आपत्ति हैन संशोधन हो । लोगो निर्माण अघि सरोकारवाला संघ संस्थाका प्रतिनिधिसँग छलफल गरेको भए अझै राम्रो हुनेथियो । यद्यपी नेपाल पर्यटन बोर्डले सुझावहरू लिएर अहिले लोगो संशोधन गरिसकेको छ ।

  • १२ असार २०७५, मंगलवार १८:१० प्रकाशित
  • Nabintech