नयनराज रावलको स्मृतीमा सम्मान कार्यक्रम गरिदैं

दमयन्ती फाउण्डेशन नेपालको आयोजनामा बुधवार नेपालगञ्जमा ‘नयनराज रावल स्मृति सम्मान तथा पुरस्कार’ कार्यक्रम संचालन गरिने भएको छ । परिवर्तन समूहका तत्कालिन कार्यक्रम संयोजक, रिकभरिङ्ग नेपालका क्षेत्रीय संयोजकका रुपमा लागूऔषध दुरुपयोग बिरुद्ध सक्रिय रावलको स्मृतिमा हरेक वर्ष सम्मान कार्यक्रम आयोजना गरिदैं आएको छ । सो क्रमलाई निरन्तरता दिदैं यस वर्ष पनि दमययन्ती फाउण्डेशन नेपालले नेपालगन्जमा सम्मन कार्यक्रम आयोजना गर्न लागेको हो ।

दमयन्ती फाउण्डेशनका संस्थापक अध्यक्ष समेत रहेका रावल पश्चिम क्षेत्रमै लागूऔषध दुरुपयोग बिरुद्धको प्रमुख अभियानताका रुपमा परिचित थिए । उनले संचालन गरेकोे अभियानकै कारण लागूऔषधका फसेका युवायुवतीले नयाँ जिवन पाएका थिए । सामाजिक काममा सक्रिय रहेकै बेला रावलको ४५ वर्षको उमेरमा २०७३ साउन २९ गते निधन भएको थियो ।

रावलको स्मृतिमा सामाजिक काममा महत्वपूर्ण योगदान पुर्याएका व्यक्ति वा संस्थालाई नगद १०,१०१/- सहित प्रमाणपत्रले सम्मान गरिदै आएको फाउण्डेशनकी अध्यक्ष इन्द्रा कुमारी जिसीले बताईन ।