QFX सिनेमाज बागेश्वरीले मनायो तेस्रो वार्षिक उत्सव

नेपालगन्जको क्युएफ एक्स सिनेमाज बागेश्वरीले सोमबार आफ्नो तेस्रो वार्षिक उत्सव मनाएको छ। स्थापना समयको तीन वर्षमै क्युएफएक्सले धेरै दर्शकहरुको मन जित्न सफल भएको छ। स्नेहा होटेलमा सम्पन्न वार्षिक उत्सवमा क्युएफएक्स सिनेमाज बागेश्वरीका प्रबन्ध निर्देशक जय प्रकाश श्रेष्ठ र प्रबन्धक निरजमान शाक्यले केक काटेर उत्सवको शुभारम्भ गरेका थिए।
अत्याधुनिक प्रविधिले निर्माण भएको उक्त क्युएफएक्समा ३ सय ८५ जना र २ सय ९० जना अटाउने गरि सुबिधा सम्पन्न दुई हलहरु रहेका छन।

क्युएफएक्सका सबै सदस्यहरु लगायत सन्चारकर्मिहरु उपस्थित उक्त उत्सवमा भावना पुन र नवीन चौधरीलाई तीन वर्षको अवधिमा उत्कृष्ट कार्य गरे बापत सम्मान गरिएको थियो। भावना र नबिनलाई उच्च मुल्यांकन सहित कदर पत्र प्रदान गरिएको थियो। कार्यक्रममा पहिलेको बागेश्वरी चलचित्र मन्दिर देखि क्युएफएक्स सिनेमाज सम्म आइपुग्दाको अवस्थाको बारेमा भिडियो प्रोफाइल प्रस्तुत गरिएको थियो।

स्वच्छ र सुरक्षीत वातावरण, दर्शकमैत्री कर्मचारी र आरामदायी सिटमा 2K र 3D क्षमताको पर्दामा सिनेमा हेर्न पाउँदा दर्शकहरू एकदम सन्तुष्ट रहेको क्युएफएक्सका प्रबन्धक निरजमान श्रेष्ठले बताए ।