युवा दिवसका अवसरमा साइकल र्‍याली

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपालगन्जमा साईकल र्‍याली निकालिएको छ । नेपालगन्ज साइक्लिङ्ग क्लबको आयोजनामा धम्बोजी चोकबाट शुरु गरिएको साइकल र्‍यालीमा २० जना बढीको सहभागिता रहेको नेपालगन्ज साइक्लिङ्ग क्लबका सदस्य सतिश निरौलाले जानकारी दिए ।

धम्बोजीबाट सुरु भएको र्‍याली सेतुबिक चोक, फुलटेक्रा रोड, रानितलाउ, त्रिभुवन चोक, भेरी हस्पिटल, चारबाहिनी, गणेशमान चोक, बिपि चोक हुँदै धम्बोजी पुगेर सम्पन्न भएको थियो ।