अन्तराष्ट्रिय युवा दिवसमा अनेरास्वबियुद्धारा बृक्षारोपण

अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर अनेरास्वबियुले आइतवार बागेश्वरी बहुमुखि क्याम्पस हातामा बृक्षारोपण गरेको छ । बागेश्वरी बहुमुखि क्याम्पसका संस्थापक सभापति अब्दुल हुनेस खानले बिरुवा रोपेर बृक्षारोपण कार्यक्रमको उद्घाटन गरेका थिए।

बिभिन्न प्रकारका सय बढी बिरुवा रोपिएको अनेरास्वबियुका क्षेत्रिय अध्यक्ष सुमन घिमिरेले जानकारी दिए। बढ्दो सहरिकरण लगाएतका कारणले बातावरण प्रदुषण भैरहेका कारण वातावरण संरक्षणमा सहयोग पुर्याउने उदेश्यका साथ बृक्षारोपण गरिएको अनेरास्वबियूका क्षेत्रिय अध्यक्ष घिमिरेले जानकारी दिए ।

बृक्षा रोपण कार्यक्रममा पुर्ब अखिका केन्द्रिय नेता, ब्यापारी र क्याम्पस प्रशासानका प्रध्यापकहरुको सहभागीता रहेको थियो ।