प्रदेश नं ५ मा भोली सार्वजनिक बिदा

बकर इदको अवसरमा प्रदेश नं ५ मा भोली सोमबार सार्वजनिक बिदा हुने भएको छ ।

यद्यपी प्रदेश सरकारको यो निर्णय नयाँ नभएर गत वर्षकै निर्णय हो । संघीय सरकारले तोके बाहेक प्रदेश नं. ५ मा बकर इदमा एक दिन, माघी र माघे संक्रान्तिमा दुई दिन, प्रदेश स्थापना दिवस फागुन ३ गते एक दिन, स्थानीय तहको निर्णयबाट एक दिन र निश्चित समुदायले पाउने बिदा जस्तै भुमया पूजा, वडका अटवारी पर्व, रमजान लगायतका बिदा स्विकृत गरेको हो । बिदा सम्बन्धी निर्णय बैशाख १२ गतेको प्रदेश राजपत्रमा प्रकाशित छ ।