ब्राउन सुगरसहित नेपाली सेनाका मेजर पक्राउ

इटहरीमा लागुऔषध ब्राउन सुगरसहित नेपाली सेनाका मेजर पक्राउ परेका छन् ।मेजरसहित अर्का एकजना पनि पक्राउ परेको लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी बसन्त लामाले बताउनुभएको छ ।

पक्राउ परेका मेजर अजितप्रताप सिंहसहित दुवैलाई सुनसरी प्रहरीको जिम्मा लगाइएको लामाले बताउनुभयो । उनीहरूका साथबाट डेड ग्राम ब्राउन सुगर बरामद भएको जनाइएको छ ।पक्राउ परेका व्यक्ति ब्राउन सुगर सेवनकर्ता हुन् वा अन्य प्रयोजनका लागि बोकेका हुन् थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जनतासमाचारबाट साभार