विषालु च्याउ खाँदा बुहारीको मृत्यु, सासु सिकिस्त

जंगली विषालु च्याउ खादा पाँचथरमा एकजनाको मृत्यु भएको छ । विषालु जंगली च्याउ खादा विरामी परेकी फाल्गुन्नद गाउँपालिका-५ कि ४८ बर्षीया सुनीता चेम्जोङको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको हो ।

साउन ७ गते चेम्जोङ र उनकी सासु सन्तमायाले जंगलबाट विषालु च्याउ ल्याएका थिए । जंगली च्याउ खाएपछि दुबै जना बिरामी भएका थिए । सन्तमायाको मनमोहन अस्पताल बिर्तामोड झापामा उपचार भइरहेको छ ।

गम्भीर अवस्थामा विराटनगरको बिराट नर्सिङहोममा भर्ना भएकी सुनीताको उपचारको क्रममा मंगलबार बिहान साढे ४ बजे मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
अनलाईनखबरबाट साभार