१५ लाख घुससहित तीन इन्जिनियर र चालक पक्राउ

कर्णाली नदी नियन्त्रण तथा व्यवस्थापन आयोजना कार्यालय, राजापुरका तीनजना इन्जिनियर र एक सवारी चालक १५ लाख घुससहित शनिबार दिउँसो पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगन्ज कार्यालय प्रमुख गणेश गैरेको नेतृत्वमा खटिएको टोलीले इन्जिनियर वीश्वेश्वरप्रसाद शाह, कमलप्रसाद सिटौला, हरिप्रसाद चौधरी र चालक टंकप्रसाद ओझालाई पक्राउ गरेको हो। उनीहरूलाई गेरूवा गाउँपालिका-१, एचआरपि कटेजबाट पक्राउ गरिएको हो।

आयोजनाको कामको सहजीकरण बापत् घुस लिएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रमुख गैरेले बताए ।

nagariknews बाट साभार