दुबै मृगौला गुमाएका ठकुरीको मृत्यु

दुबै मृगौला फेल भएका हेमन्तसिंह ठकुरीको निधन भएको छ । कोहलपुर दिदिको घरमा वसेर उपचार गराइरहेका ठकुरीको शुक्रबार मृत्यु भएको परिवार स्रोतेल जनाएको छ । ठकुरीको उपचारकालागि बाँकेमा आर्थिक सहयोग अभियान संचालन गरिएको थियो । २७ वर्षिय ठकुरी ५ महिनादेखी मृगौलाको समस्याबाट पिडित थिए । कोहलपुरमै उपचार गराईरहेका ठकुरीलाई उपचार सम्भव नभएको भन्दै डक्टरले घर फर्काईदिएका थिए ।