धनगढ़ी विस्फोटका घाइते रामसिंहको मृत्यु

कैलालीको धनगढी उपमहानगर-३, शहीद गेट नजिकै रहेको निलम होटलमा बिहीबार साँझ भएको बम विस्फोटमा परि घाईते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

बम विस्फोटमा परि घाइते भएका बझाङ जिल्लाको जयपृथ्वीबहादुर नगरपालिका-१४ का रामबहादुर सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।

बम विस्फोटमा परी घाइते भएका होटल सञ्चालक केशवराज पाण्डे, जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेलाको भने धनगढीको माया मेट्रो अस्पतालमा उपचार भैरहेको छ ।

Newsby:- Janasanchar.com