धनगढी बजारमा विष्फोट, पाँच घाइते

कैलालीको धनगढी बजारमै विष्फोट भएको छ । पाँचजना घाइते छन् । बिहीबार साँझ धनगढी उपमहानगरपालिका-३ चटकपुरस्थित होटल निलम अगाडि विष्फोट भएको हो । विष्फोटमा घाइतेको धनगढीमै रहेको मेट्रो अस्पतालमा उपचार भइरहेको छ । विष्फोट कसले गरायो भन्ने खुल्न सकेको छैन । प्रहरीले भने विप्लव माओवादीमाथि आशंका गरेको छ ।

सुरुमा प्रहरीलाई सिलिण्डर विष्फोट भएको सूचना आएको थियो । घटनास्थल पुगेका प्रहरीले एक पेस्तोल समेत बरामद गरेपछि घटना शंकास्पद भएको प्रहरीको दावी छ ।

नेपाल प्रहरीका केन्द्रीय निमिक्त प्रवक्ता एसपी रमेश थापाका अनुसार, घटनास्थलबाट एक थान नाइन एमएमको पेस्तोल बरामद गरिएको छ । कैलालीका एसपी सुदीप गिरी घटनास्थल पुगेका छन् । थप अनुसन्धान भइरहेको छ ।

स्रोत :nagarikkhabar.com