नेपालगन्ज ग्यालरी १० वर्षमा प्रवेश

चर्चित फेसवुक ग्रुप ‘नेपालगन्ज ग्यालरी’ ले स्थापनाको १० वर्ष पुरा गरेको छ । फेसबुक ग्रपका रुपमा स्थापना भएको नेपालगन्ज ग्यालरीले पछिल्लो समय सामाजिक कार्यमा समेत सक्रियता जनाउँदै आएको छ । १० वर्ष पुरा भएको अवसरमा ग्यालरीले विभिन्न कार्यक्रमको आयोजना गरेको छ । स्थापना दिवसका अवसरमा ग्यालरीले रानीतलाउ परीषरमा बृक्षारोपण गरेको ग्यालरीका एडमीन समिरमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार, निम, जामुन, कोइरालो, शितलचिनी र अमलाका २/२ वोट गरेर १० वटा विरुवा रोपिएको हो ।

स्थापना दिवसकै अवसरमा रक्तदान, सांस्कृतिक कार्यक्रमसंगै, सामाजीक कार्यका लागी सहयोग संकलन र स्वास्थ्य शिविरको समेत आयोजना गरीएको श्रेष्ठले जानकारी दिए । सामाजिक संजालका माध्यमबाट समाजसेवा गर्दै आएको नेपालगन्ज ग्यालरीमा ८५ हजार बढि सदस्य आवद्ध छन् । ग्यालरीले यसअघि होलीमा सांस्कृतिक कार्यक्रम गर्नुका साथै वारा पर्साका बाढिपिडितका लागी राहत रकम संकलन गरेर वितरण गरेको थियो । ११ वर्षदेखी फेसवुक चलाउदै आएका श्रेष्ठले सवै सुचना एकै पटक धेरै समक्ष पुर्याउनका लागी सन् २००९ मा फेसवुक ग्रुपको स्थापना गरेको बताए ।