शसस्त्र प्रहरी बलको बोर्डर आउट पोस्टमा बिरुवा रोपण (फोटो फिचर)

शसस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोस्ट कालाबन्जार बाँकेमा बिहिवार बिहान बिरुवा रोपण गरिएको छ । डिभिजन बन कार्यालयको आर्थिक र प्राबिधिक सहयोगमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ स्थित शसस्त्रको बोर्डर आउट पोस्टमा बिरुवा रोपण गरिएको डिभिजन बन कार्यालय बाँकेका डिभिजनल बन अधिकृत मोहन श्रेष्ठले जानकारी दिए ।

डिभिजन बन कार्यालय बाँकेले प्रदान गरेको बकाइनो, मसला, जामुन, अमला, सागवन, गुलमोहर, निम, सितलचिनी लगाएतका प्रजातिका ३ हजार १ सय बिरुवाहरुलाई शसस्त्र प्रहरीको कार्यालय परिसर भित्र १.११ हेक्टर क्षेत्रफलको खाली जग्गामा रोपिने शसस्त्र प्रहरी बल नेपाल, नम्बर ३० गण हेड क्वाटर, बागेश्वरी बाँकेका प्रमुख शसस्त्र प्रहरी उपरीक्षक भेष बहादुर शाहले बताए ।

बिरुवा रोपण कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, शसस्त्र प्रहरी बल नेपाल, नम्बर ३० गण हेड क्वाटर, बागेश्वरी बाँकेका प्रमुख शसस्त्र प्रहरी उपरीक्षक भेष बहादुर शाह, डिभिजन बन कार्यालय बाँकेका डिभिजनल बन अधिकृत मोहन श्रेष्ठ, सहायक बन अधिकृत रमेश बुढाथोकी, कोलेनिका बाँकेका प्रमुख कोष नियन्त्रक रामचन्द्र शर्मा लगाएतले बिरुवा रोपण गरेका थिए ।

फोटो फिचर :