‘काँचुली’ को ट्रेलर सार्वजनिक, रिलिज डेट ‘श्रावण २४’

बिजि बर्मा फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्र काँचुलीको ट्रेलर सार्वजनिक गरिएको छ । जिवनको यथार्थलाई समेटेर ट्रेलर तयार गरिएको ‘काँचुली’ मा नायिका शुभेच्छा थापालाई भिन्न तरिकाले प्रस्तुत गरिएको छ । कला राईको प्रस्तुती रहको ‘काँचुली’ लाई शंकर अधिकारी ‘घायल’ ले निर्देशन गरेका छन् । जसमा लेखन पनि ‘घायल’ कै रहेको छ ।

राजु लामा, राजेन्द्र बजगाइ, शंकर अधिकारी ‘घायल’ को संगीत रहेको फिल्मकालागी सपना श्री, नित्याशिवा, राजेन्द्र बजगाइ, शम्भु रैकाले सुमधुर स्वर दिएका छन ।

चलचित्र ‘काँचुली’ मा सुशील डाँगिको छायांकन, देव महर्जनको द्वन्द, राजन महर्जन र दिलिप राईको नृत्य रहेको छ । फिल्ममा शुभेच्छा थापा, राजन महर्जन, रबिन श्री, सुबास गजुरेल, शर्मिला शर्माको अभिनय रहेको छ भने नव प्रस्तुतिमा दिप कुलुङ, राजन श्रेष्ठ, अस्मि थापा, अन्जना ज्योती र गोबिन्द लामालाई प्रस्तुत गरिएको छ। ‘काँचुली’ चलचित्रलाई ट्रेलर रिलिज कार्यक्रममा श्रावण २४ मा अल नेपाल रिलिज हुने घोषणा गरिएको हो ।